काठमाडौं, १७ माघ । राज्य ब्यवस्था तथा सुशासन समितिको बैठकमा अनुगमन तथा मूल्यांकनसम्बन्धी विधयेकमाथि छलफल भएको छ । आज (बुधबार) बसेको बैठकमा अधिकांश सहभागी सांसदहरुले आयोजनाहरु समयमै सम्पन्न नहुने गरेको भन्दै समितिको ध्यानाकार्षण गराए ।
सांसदहरुले आयोजनाहरु निर्धारित समयमा सम्पन्न गराउन अनुगमन समिति बनाएर प्रभावकारी अनुगमन गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।
समितिको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पूर्वाधार विकासको मोडल नै परिवर्तन गर्नुपर्ने धारणा राखे । आयोजना समयमै सम्पन्न नभएका र गुणस्तरमा पनि कमजोर रहेको भन्दै उनले समितिको ध्यानाकार्षण गराए । Photo by: Mukunda Kalikote/RN