Logo

एमाले अध्यक्ष ओलीद्वारा पाँचपोखरीको प्रशासिनक भवन उद्घाटन



काठमाडौं, १७ माघ । जिल्लाको पाँचपोखरी थाङपाल गाउँपालिकाको प्रशासनिक भवनको पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्पा ओलीले उद्घाटन गरेका छन् ।

उक्त भवन जिल्ला समन्वय समिति सिन्धुपाल्चोकबाट दुई करोड ३७ लाख ६० हजार तीन सय ७, सङ्घीय समपूरक अनुदान तीन करोड ८४ लाख र पाँचपोखरी थाङपाल गाउँपालिकाबाट चार करोड ८७ लाख ८२ हजार आठ सय ५४ गरी जम्मा ११ करोड ९४ लाख तीन हजार एक सय ६१ को लागतमा निर्माण भएको हो । पाँच वर्षमा निर्माण पूरा भएको उक्त भवनमा ३५ कोठा छन् ।

त्यस अवसरमा पूर्वप्रधानमन्त्री ओलीले पालिकाहरुले नयाँ भवन निर्माण भएसँगै गुणस्तरीय सेवा प्रवाहमा लाग्नुपर्नेमा जोडदिए । उनले पाँचपोखरीमा जैविक उत्पादनलाई प्रोत्साहन गर्न सबैलाई आग्रह गरे । “यहाँका स्थानीय उत्पादनले बजार पाए यहाँका स्थानीयको आय आर्जनमा सहयोग पुग्नेछ,” नेता ओलीले भने । उनले उत्पादनलाई बढाउन आग्रह पनि गरे ।

पूर्वप्रधानमन्त्री ओलीले मेलम्ची –पाँचपोखरी– भोताङ बाटो कालोपत्र गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने बताए । साथै उनले पाँचपोखरीको पर्यटन प्रवर्द्धनका जोड दिए ।
(((



प्रतिक्रिया दिनुहोस्