काठमाडौं,१८ माघ । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटअन्तर्गत समूह चरणको अन्तिम खेलमा विभागीइ टिम त्रिभुवन आर्मीले गण्डकी प्रदेशलाई १३३ रनको सामान्य लक्ष्य पेश गरेको छ ।
कीर्तिपूरस्थित त्रिवि मैदानमा टस जितेर सुरुआतमा ब्याटिङ गरेको आर्मी ३९।१ ओभरमा १३२ रनमा अलआउट भयो । आर्मीका लागि ओपनर इमरान शेखले ३४,सोमपाल कामीले २३, कुशल मल्लले १५, कप्तान विनोद भण्डारीले १९, शाहब आलमले १२, भीम सार्कीले १० रन जोड्दा सन्दीप राजाली र वसिर अहमद शून्य रनमै आउट भए । जितेन्द्र मुखिया ८ रनमा आउट भए ।
आर्मीलाई सस्तैमा रोक्नेक्रममा गण्डकीका विपीन खत्री, अमृत गुरुङ, कृष्ण पौडेल र कमल परियारले समान २/ २ विकेट लिए भने सन्दीप पराजुली र रोशन गौतमको नाममा समान एक विकेट रह्यो ८ खेलबाट १२ अंक जोडेको आर्मी अंक तालिकाको दोस्रो स्थानमा रहेको छ । आजको खेलमा जित निकाले आर्मी फाइनलमा पुग्नेछ भने पराजित भएमा बागमती र आर्मीबीच रनरेटको आधारमा फाइनल पुग्ने टिमको टुंगो लाग्नेछ ।