Logo

सडकमा पर्चा बाँड्दै हिँड्ने इन्दिरालाई काठमाडौं महानगरले तिरायो १० हजार जरिवाना



काठमाडौं,१८ माघ । काठमाडौं महानगरपालिकाले सडकमा पर्चा बाँड्दै हिँड्ने एक जनालाई जरिवाना तिराएको छ ।

महानगरले सडकमा पर्चा बाँड्दै हिड्ने काठमाडौं महानगरपालिका १६ बालाजुकी इन्दिरा विकलाई १० हजार जरिवाना तिराएको हो ।

महानगरले पछिल्लो समय दृश्य प्रदूषण गर्नेलाई पनि जरिवाना तिराइरहेको छ। महानगर प्रहरीले पर्चा र पम्प्लेटका कारण सहरमा फोहोर बढेकाले कारबाही गरिएको जनाएको छ।



प्रतिक्रिया दिनुहोस्