Logo

बाँसबारी जग्गा प्रकरण: थप एक जना पक्राउ, पक्राउ पर्नेको संख्या तीन पुग्यो



काठमाडौं,१८ माघ । बाँसबारी छालाजुत्ता उद्योगको नाममा रहेको जग्गा हडपेको आरोपमा थप एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सीजी होल्डिङ्सको महाप्रबन्धक रहिसकेका बाँसबारी छाला जुत्ता कारखानाका सञ्चालक समितिका अध्यक्ष सञ्जय ठाकुर रहेका छन् । ठाकुरलाई काठमाडौंबाट पक्राउ गरेको सीआईबी स्रोतले जनाएको छ ।

यसअघि आजै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले व्यवसायी तथा नेपाली कांग्रेसका सांसद विनोद चौधरीका भाई अरुण चौधरीसहित २ जनालाई पक्राउ गरेको थियो ।

उनीहरूलाई प्रहरीले ठगी र किर्ते कसुरमा म्याद थप गर्न सरकारी वकिलको कार्यालय काठमाडौंबाट जिल्ला अदालत लग्ने तयारी गरिरहेको छ।

वि।सं २०४२ सालदेखि बाँसबारीको सरकारी जग्गालाई आफ्नो नाममा बनाउने काम सुरू भएको स्रोत बताउँछ। त्यसरी पटकपटक गरी १० रोपनी जग्गा किर्ते गरी आफूहरूको नाममा सारेको खुलेको हो।



प्रतिक्रिया दिनुहोस्