Logo

खुला मञ्चलाई प्राकृतिक दुबोसहितको घाँसे चौर बनाउने बालेनको तयारी



काठमाडौ,१८ माघ । काठमाडौं महानगरपालिकाले खुला मञ्चमा प्राकृतिक दुबोसहितको घाँसे चौर बनाउने काम थालेको छ । अहिले ग्रेडर लगाएर मैदानमा भएका ढुङ्गा टिप्न थालिएको छ ।

सतहमा भएका सबै ढुङ्गा टिपेपछि मलिलो माटोको सतह बनाइने र त्यसमाथि प्राकृतिक दुवो रोप्ने तयारी रहेको महानगरले जनाएको छ ।

महानगर प्रहरी बलका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले गत ३ दिनदेखि काम भइरहेको बताए ।



प्रतिक्रिया दिनुहोस्