Logo

सरकारले उद्योगी–व्यवसायीको मानमर्दन गरेको निजी क्षेत्रको ठहर



काठमाडौं, १८ माघ । नेपाल उद्योग परिसंघ (सीएनआई) ले सरकारले उद्योगी ब्यबसायीलाई आत«ङ्कित बनाउने काम गरेको बताएको छ । आज (बिहीबार) नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले ब्यवसायी अरुण चौधरीलाई पक्राउ गरेपछि आकश्कि पत्रकार सम्मेलन गरी निजी क्षेत्रले आपत्ति जनाएको हो ।

आरोप लगाएको भरमा उद्योगी ब्यवसायी चौधरीलाई हठातमा पक्राउ गरिएको निजी क्षेत्रले बताएको छ । सरकारले सम्पूर्ण उद्योगी–व्यवसायीको मानमर्दन हुने गरी ब्यवसायी चौधरीमाथि धरपकड गरेको सीएनआईले जनाएको छ ।

सीएनआईले शंकाकोभरमा वैयक्तिक स्वतन्त्रता हनन् हुने गरी पक्राउ गर्ने काम कुनै न्यायसंगत नभएको बताएको छ । Photo By: Mukunda Kalikote/RN



प्रतिक्रिया दिनुहोस्