Logo

काठमाडौं महानगर उपप्रमुख डंगोल र नियोग उपप्रमुख टाकाहिरोबीच शिष्टाचार भेट



काठमाडौं, १८ माघ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल र नेपालका लागि जापानको दूताबासका नियोग उपप्रमुख तामुरा टाकाहिरोबीच शिष्टाचार भेटवार्ता भएको छ ।

भेटवार्ताको क्रममा उपप्रमुख डङ्गोलले नेपाल र जापान दुई देशका बिचमा कुटनीतिक सम्बन्ध, सहर–सहरका बीचमा भगिनी सम्बन्ध र नागरिक तहमा पारिवारिक सम्बन्ध स्थापित भएको बताईन् ।

तामुराले राखेको स्थानीय तहले प्रयोग गर्ने कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको अधिकार सम्बन्धी जिज्ञासामा उत्तर दिँदै उपप्रमुख डंगोलले भनिन्, ‘प्रमुखसँग कार्यकारी अधिकार हुने व्यवस्था छ । उपप्रमुखलाई बजेट तर्जुमा, राजस्व परामर्श, योजना अनुगमन, बजार अनुगमन, न्यायिक समितिको जिम्मेवारी हुन्छ ।’

‘नेपालमा न्यायिक विकेन्द्रीकरणको सफल प्रयोग भइरहेको छ ।’ उपप्रमुख डंगोलले थप्दै भनिन्, ‘हामी न्यायिक समितिले प्रयोग गर्ने मेलमिलापको अधिकार वडाबाट सञ्चालन गर्ने प्रबन्ध गरेका छौँ । लैङ्गिक समस्या समाधान गर्न महिला जनप्रतिनिधिको संयोजकत्वमा महिला सञ्जाल गठन गरेका छौँ ।’

‘काठमाडौँ बस्नका लागि उपयुक्त ठाउँ रहेको र यहाँको सामाजिक व्यवस्था राम्रो रहेको टाकाहिरोले उल्लेख गरे । उनले महिलाहरुको मुद्दा सुन्ने सामाजिक व्यवस्था, सार्वजनिक पदहरुमा महिलाहरुको सहभागिताका विषयमा जिज्ञासा राखेका थिए ।

छलफलका क्रममा सामाजिक तथा सांस्कृतिक सम्बन्ध र आदान प्रदानका कार्यक्रमका विषय समेटिएका थिए ।



प्रतिक्रिया दिनुहोस्