Logo

उद्योग बाणिज्य संघ काठमाडौंले भन्यो,‘प्रजातान्त्रिक सरकारको शासनकालमा व्यवसायीमाथि निर्दयी प्रहार भयो’



काठमाडौं, १९ माघ । नेपाल उद्योग बाणिज्य संघ काठमाडौंले सरकारले उद्योगी व्यवसायी अरुण चौधरीलाई पक्राउ गरेर नियतवस निजी क्षेत्रप्रति मानमर्दन गरेको बताएको छ । आज (शुक्रबार) एक विज्ञप्ति जारी गर्दै उद्योग बाणिज्य संघ काठमाडौंले सरकारी जग्गा हडपेकोे बारे अनुसन्धानका क्रममा बुझ्ने बहाना गरी पक्राउ गरी उद्योगी ब्यवसायी चौधरीलाई हिरासतमा लिइएको भन्दै आपत्ति जनाएको हो ।

कुनै पनि विषयमा सुक्ष्म अनुसन्धानकै क्रममा सप्रमाण दोषी ठहर नहुँदै थुन्ने अनि मात्र सुन्ने प्रक्रियाप्रति संघले असहमति जनाएको छ । विगतमा पनि जग्गाकै नाममा उद्यमी व्यवसायीहरुलाई महिनौं थुन्ने काम भएको स्मरण गराउँदै संघले आपत्ति जनाएको छ । अनुसन्धानबाट गलत र दोषी देखिए विवादित जग्गा कहीँकतै नजाने र सो हकवालाबाट कब्जा गरी लिन÷दिन सकिने विषय भएकाले व्यवसायीलाई थुन्नु गलत भएको संघको भनाइ छ ।

लगानी गरी, रोजगारी दिएर र राज्यलाई बुझाउन पर्ने राजस्व बुझाएर सम्पूर्ण सम्पत्ति देशमै लगानी गरी बसेका व्यवसायीमाथि प्रजातान्त्रिक जनसरकारको शासनकालमा निर्दयी प्रहार भएको विज्ञप्तिमा उल्लेख छ । संघले व्यवसायी चौधरीको शीर्घ रिहाइको माग गरेको छ ।

े, गरि खाने वर्ग माथि एउटा प्रजातान्त्रिक जनसरकारको शासनकालमा यस्तो निर्दयी प्रहारले साधारण जनता माथिको व्यवहार कस्तो सम्म होला , गम्भीर चिन्तनको विषय हो । यस्तो कदम आगामी दिनमा नहोस् भन्दै हिरासतबाट शिघ्र रिहाईको माग गर्दछौँ ।



प्रतिक्रिया दिनुहोस्