Logo

यू-१९ विश्वकप: टस हारेको नेपालले भारतविरुद्ध सुरुवातमा फिल्डिङ गर्ने



काठमाडौं,१९ माघ । यू-१९ विश्वकप क्रिकेटको सुपर सिक्सको अन्तिम खेलमा नेपालले भारतविरुद्ध सुरुवातमा फिल्डिङ गर्ने भएको छ ।

टस जितेर भारतले सुरुमा ब्याटिङ गर्ने निर्णय गर्दै नेपाललाई बलिङको निम्ता दिएको हो । नेपाल यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको हुँदा आजको खेल प्रतिष्ठाका लागि मात्र हुनेछ ।

नेपाल सुपर सिक्समा बंगलादेशसँग ५ विकेटले पराजित भएको थियो । उता भारत अपराजित रहँदै ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा छ ।

आजको खेलमा विजयी भएमा भारत सेमिफाइनलमा पुग्नेछ । पराजित हुँदा पनि नेटरनरेटको कारण सेमिफाइनल खेल्ने देखिन्छ । नेपाल अन्तिम खेलमा भारतविरुद्ध उत्कृष्ट प्रदर्शन गर्न चाहन्छ ।

आफ्नो अन्तिम खेलमा भारतविरुद्ध प्लेइङ-११ मा तीन परिवर्तन गरेको छ ।

पछिल्लो खेलमा बंगलादेशविरुद्ध खेलेका ओपनर विपिन रावल, आकाश त्रिपाठी र फिनिसर दीपक बोहरा आज टोलीमा छैनन् । नेपालले आज विकेटकिपर उत्तम थापामगर, दीपक डुम्रे र दीपक बोहरालाई मौका दिएको छ ।



प्रतिक्रिया दिनुहोस्