Logo

प्रथम चाबहिल जुत्ताचपल व्यापार मेला जारी



काठमाडौं, १९ माघ । प्रथम चावहिल जुत्ताचपल व्यापार मेला जारी रहेको छ । हिजो (बिहिबार) देखि सुरु भएको उक्त मेला एक महिना (फागुन १८ गते) सम्म जारी रहने बताइएको छ । मेलाको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले गरेका थिए । मेलामा १४ उद्योगका ३० भन्दा बढी ब्राण्डका जुत्ताचपल रहेका छन् । जसमा तीन हजारभन्दा बढी डिजाइनका जुत्ताचपल प्रदर्शनीमा राखिएको छ ।

मेलाको मूल उद्देश्य नेपाली ब्राण्डका जुत्ताको प्रचार–प्रसार गरी आम उपभोक्ता माझ पुर्याउनु रहेको आयोजक टिमको भनाइ छ । विवाह र जाडोको मौसमलाई समेत लक्षित गरी महिला, पुरुष, बालबालिका सबै उमेर समूहका उपभोक्तालाई आवश्यक पर्ने जुत्ताचपल राखिएको छ । उक्त मेलामा एक सयभन्दा बढी स्टलहरु छन् । मेलामा आई जुत्ताचपल खरिद गर्नेलाई कारखानाको मूल्यमा १५ देखि ५० प्रतिशसम्म छुटको व्यवस्था गरिएको संयोजक दिवाकर गिरीले बताए ।

मेलमा सुरभी पोलिमर्श कम्पनीका हाई लाइफ, पवित्र शु इण्डष्ट्रिजका शु ल्याण्ड, फुट फेशनका बेली, बोस शुज कलेक्शनका बोस शुज, वेलकम शुज कलेक्शनका आइडल, फुटमाण्डु शुजका भेनस, नमस्ते फुटवयरका सिल्स, हिमानी कलेक्सनका हिमानी, सुबोध एण्ड सुस्मिता ट्रेड्सका वन वल्र्ड, बज्र फुटवयर इण्डष्ट्रिजका कोसेली, रन शुज इण्डष्ट्रिजका रन शुज, शिखर शुज इण्डष्ट्रिजका शिखर शुज, पारागन फुटवयर इण्डष्ट्रिजका पिजी शुज, नियशा शुज इण्डष्ट्रिजका ब्याम्बो शुज लगायतको कम्पनी तथा ब्राण्डका रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्