Logo

ज्ञानेन्द्रलाई भेटेपछि दुर्गा प्रसाईँलाई बालुवाटारको थर्काउने फोन…



काठमाडौं, २० माघ । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँले आफूले पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेटेपछि बालुवाटारबाट फोन गरेर थर्काइएको बताएका छन् । हिजो (शुक्रबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले ज्ञानेन्द्रलाई भेटेको भोलिपल्ट फोन गरेर बालुवाटारबाट थर्काइएको बताएका हुन् ।

‘अस्ती राजालाई भेटेर आएको भोलिपल्ट फोन आएको थियो । थर्काउने फोन आएको थियो । महाराजधिराजलाई भेटेर आएछौं भने । हो महाराजधिराजलाई भेटेँ भने,’– उनलेभने ।

राजाले बनाइदिएको देशमा मोजमस्ती गरेर र राजाले बनाइदिएको देशलाई लुटेर अझैं आफूलाई पूर्वराजा भेट्दा थर्काइएको भन्दै उनले आक्रोश ब्यक्त गरे । आफूलाई पूर्वराजा ज्ञानेन्द्रले भेटका क्रममा ‘मलाई हटाएर नागरिकले के पाए ?’ भनी प्रश्न गरेको बताए ।

‘राजासँग नराम्रा कुरा भएनन् । राम्रै कु्रा भए । चिया खाइयो, गफ गरियो । अढाइ, तीन घण्टा बसियो । देशका समसामयिक विषयमा कुरा भए । मलाई हटाएर नागरिकले के पाए ? भन्ने कुरा भयो,’– प्रसाईँले भने ।

ज्ञानेन्द्रको प्रश्नमा आफूले दिनको १० हजार मानिसले देश छाडेर हिँड्न थालेको, उद्योगी ब्यापारीहरु पाँच तलामाथिबाट हाम फालेर मर्न थालेको, शरीरमा पेट्रोल खन्याएर आगो लगाउन थालेका र नागरिकहरु घरबारविहीन बनेका लगायतको समस्या सुनाएको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्