Logo

सभामुख पद हत्याएपछि विष्टको फेरियो बोली, भन्छन्: यहि व्यवस्था ठीक भए प्रदेश खारेज गर्नु पर्दैन



काठमाडौं,२१ माघ । प्रदेश संरचना खारेज गर्नुपर्ने चर्को नारा लगाउने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेताहरु पदमा पुगेपनि भने यहि व्यवस्था ठीक भन्ने तहमा पुगेका छन् ।

कोशी प्रदेशको सभामुखलाई लिएर पार्टीभित्र लामो समयदेखि रडाको ब्यहोरिरहेको राप्रपाबाट सभामुख बनेका अम्बरबहादुर विष्टले भने आफ्नो बोली फेरेका छन् ।

सभामुख नबनुनजेल प्रदेश संरचना खारेज गर्नुपर्ने पक्षमा रहेका विष्ट सभामुख भएपछि भने यहि व्यवस्थालाई बलियो बनाउनुपर्ने तहमा पुगेका छन् । आइतबार कोशी प्रदेशमा संसदीय पत्रकार मञ्चले विराटनगरमा आयोजना गरेको कार्यक्रममा बोल्दै विष्टले यहि व्यवस्था राम्रो हुँदै गएमा प्रदेश खारेज गर्नुनपनेृ बताए ।

उनले भने,‘ प्रदेश खर्चिलो र बोझिलो भो भन्नेहरु बढेका छन् यसलाई चिर्न आवश्यक छ ।’ यहि व्यवस्था ठिक भो भन्ने भो भने किन खारेज गर्नुपर्‍यो ? भन्ने प्रश्नमा उनले भने, ‘अहिले म पार्टीमा छैन । यो व्यवस्था प्रभावकारी बनाउने जिम्मेवारी छ ।’

गत पुस २४ गते विष्ट कोशीको सभामुखमा निर्विरोध निर्वाचित भएका थिए । विष्टलाई कोशीको सभामुख बनाएको विषयले राप्रपामा तीव्र विवाद देखिँखै आएको छ । सभामुख विष्टले भने आफू पार्टीको जिम्मेवारीबाट अलग भईसकेको कारण पार्टीको निर्णयबारे बोल्न नचाहेको बताए ।



प्रतिक्रिया दिनुहोस्