Logo

माओवादी केन्द्रको संसदीय दलको बैठक जारी



काठमाडौं,२२ माघ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक जारी छ ।

सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा बैठक जारी रहेको हो । जारी बैठकमा आजबाट सुरु हुने संसद्को हिउँदे अधिवेशनका सम्बन्धमा छलफल हुनेछ ।

संसद्को दुवै सदनको संयुक्त बैठक आज दिउँसो ४ बजेका लागि आह्वान गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्