काठमाडौं, २२ माघ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक पारित हुनुपर्ने बताएका छन् । आज (सोमबार) जनकपुरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले हिंसा दोहोरिन नदिन टिआरसी विधेयक पारित हु्नुपर्ने बताएका हुन् ।
टिआरसी विधेयकमा केही कुरामा एमालेको फरक मत रहेको बताउँदै उनले आफूहरु विधेयक पारित गरेर पीडितलाई न्याय दिनुपर्ने पक्षमा रहेको बताएका हुन् ।
अध्यक्ष ओलीले पीडितहरूले न्याय पाउने, पीडित केन्द्रित कानुन बनाउनुपर्ने, अन्तर्राष्ट्रिय स्तरमा स्वीकार्य हुने, सर्वोच्च अदालतको फैसलालाई ध्यान दिएर विधेयक पारित गर्नुपर्ने, मानवता विरुद्धका जघन्य अपराधहरूमा छुट नहुने गरी र दण्डहीनता नहुने तथा फेरि नेपालमा हिंसा कहिल्यै नहोस् भन्ने ढंगले समाधान गर्नुपर्ने एमालेको अडान रहेको बताए । File Photo/RN