Logo

बाँसबारी जग्गा प्रकरण: अरुण चौधरी हिरासतमुक्त 



काठमाडौं,२४ माघ । बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा हडपेको आरोपमा पक्राउ परेका व्यवसायी अरुण चौधरी हाजिर जमानीमा छुटेका छन्।

जिल्ला अदालत काठमाडौंले दिएको आदेशमा उनी छुटेका हुन् । उनीसहित अजितनारायणसिंह थापा र सञ्जय ठाकुर पनि रिहा भएका छन् ।

सोमबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले अनुसन्धानको कार्यमा सहयोग गर्नको लागि कागज गराई हाजिर जमानीमा छाडी बाँकी अनुसन्धानको कार्य पुरा गर्न सीआईबीलाई आदेश दिएको थियो । मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १४ (६) बमोजिम अदालतले उक्त आदेश दिँदै प्रतिवादीहरुलाई २५ दिनसम्म नै हिरासतमा राखी अनुसन्धान गर्ने पर्ने सम्मको अवस्था नदेखिएको पनि ठहर थियो ।

बासबारी कारखानाको १० रोपनी सरकारी जग्गा हडपेको आरोपमा उनीसहित तीनै जना १८ माघमा पक्राउ परेका थिए । उनलाई छाड्न सरकारलाई सत्ता साझेदार दल नेपाली कांग्रेस र राष्ट्रपति कार्यालयबाट समेत दवाव आएको स्रोतको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्