काठमाडौं,२५ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशमलाल चौधरीबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्तीको कार्यालय सिंहदरबारमा यी दुई नेताबीच भेटवार्ता भएको हो । नाउपाको नेतृत्वमा पुगेपछि प्रधानमन्त्री प्रचण्डसँग पहिलो पटक चेटवार्ता भएको हो ।
भेटका क्रममा अध्यक्ष चौधरीले टीकापुरमा एयरपोर्ट निर्माण गर्न, लाल आयोगको प्रतिबेदन सार्वजनिक गर्न, भुमिहिन सुकुम्बासी तथा काठमाडौंको स्बासीलाई बिशेष कानुन बनाएर जग्गा उपलब्ध गराउनु पर्ने लगायतका बिषयमा गम्भीर हुँदै कार्वान्वयनकाे पाटाेमा लाग्न प्रधानमन्त्री प्रचण्डकाे ध्यानाकर्षण गराएका छन् ।
नाउपा सत्तारुढ दल हो । प्रचण्ड नेतृत्वको सरकारमा रेशम पत्नी तथा नाउपाकी संस्थापन अध्यक्ष एवं वर्तमान सहअध्यक्ष रञ्जिता श्रेष्ठ भूमि व्यवस्था तथा सहकारी गरिबी निवारण मन्त्री रहेकी छन् ।