Logo

माओवादीको प्रष्टीकरण: राष्ट्रिय सभा अध्यक्षलाई लिएर सत्ता गठबन्धनमा उलटफेर हुँदैन



काठमाडौं,२६ माघ । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा अध्यक्षमा दाबी गर्ने भएको छ ।

शुक्रबार बसेको पार्टीको स्थायी समिति बैठकको निर्णय सुनाउँदै माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले राष्ट्रिय सभामा सबैभन्दा ठूलो दलको हिसावले पनि आफ्नो दलको स्वभाविक दाबकी रहने तर सत्ता गठबन्धनमा छलफल गरेर निर्णय लिईने बताए । सापकोटाले राष्ट्रिय सभा अध्यक्षकै लागि सत्ता गठबन्धनमा कुनैपनि उलटफेर नहुने प्रष्ट पारेका छन् ।

पार्टीको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेसका केही नेताहरुले बोलेपनि गठबन्धनमा कुनै समस्या नभएको जिकिर गरे। उनले यो गठबन्धन पाँचैवर्ष जाने बताए ।

राष्ट्रिय सभाको अध्यक्षमा माओवादीसहित कांग्रेस र नेकपा एकीकृत समाजवादीले पनि दाबी गर्दै आइरहेको छ ।

उनले बाबुराम भट्टराई नेतृत्वको नेसपासँग एकता गरेर जानुपर्ने बताए ।

उनले भने, ‘हामीले समग्र वामपन्थी एकताको लागि पहल गर्ने, समाजवादी मोर्चाले पनि त्यसको वातावरण बनाइरहेको छ । कम्युनिष्टि पार्टीको पुनर्गठनको लागि चौतर्फि पहल गर्नुपर्छ त्यो आवश्यक र सम्भव पनि छ ।’

राष्ट्रिय सभाको अध्यक्षका लागि कांग्रेस र माओवादी दुवैले दाबी गरेका छन् । कांग्रेसले कृष्णप्रसाद सिटौलालाई अध्यक्षमा प्रस्तुत गरेको छ भने माओवादीमा हालकी उपाध्यक्ष उर्मिला अर्याल र भर्खरै निर्वाचित झक्कु सुवेदीदेखि राष्ट्रपतिबाट मनोनीत नारायण दाहालसम्मको नाम चर्चामा छ । दाहाल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका भाईसमेत हुन् ।



प्रतिक्रिया दिनुहोस्