काठमाडौं,२८ माघ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको पाँचौ पूर्ण बैठक सुरु भएको छ ।
बैठक भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा केही बेरअघि सुरु भएको हो।
भर्खरै सुरु बैठकमा आगामी विधान अधिवेशन, भर्खरै सम्पन्न जनतासँग् माओवादी विषेश रुपान्तरण अभियानलगायतको बारेमा छलफल हुने बताईएको छ ।
माओवादीको १ फागुनदेखि सुरु हुने विधान सम्मेलनकै तयारी स्वरुप बस्न लागेको बैठकमा प्रस्तुत हुने मस्यौदालाई एजेन्डा नबनाउने सहमति माओवादीको शनिबार सम्पन्न स्थायी समिति बैठकले निर्णय गरेको छ ।
बैठकमा ४ सय ९ केन्द्रीय सदस्यसहित ८ सय जनाभन्दा बढीको उपस्थिति रहने माओवादी केन्द्रले जनाएको छ। Photo By: Mukunda Kalikote/RN