Logo

रुसी सेनामा कार्यरत नेपालीलाई तत्काल स्वदेश फर्काउन कांग्रेस महामन्त्री शर्माको माग



काठमाडौं,२८ माघ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले रुसी सेनामा कार्यरत नेपाली नागरिकलाई तत्काल स्वदेश फर्काउन माग गरेका छन् ।

आइतबार बिहान बसेको प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै शर्माले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको ध्यानाकर्षण समेत गरेका छन् ।

बैठकमा सहभागी गृहमन्त्री श्रेष्ठलाई सांसद शर्माले आफूले प्रधानमन्त्री प्रचण्डलाई ध्यानाकर्षण गराएको तर संसद् बैठकमा बोले पनि सुनुवाइ नभएको बताए । उनले एक दर्जन बढी नेपालीको ज्यान गएको र फेरि ३ जना पक्राउ परेको विवरण आएको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराए ।

शर्माले सयौँ नेपाली रसियन सैनिकको कब्जामा रहेका बताए। ‘उनीहरूको अवस्थाबारे सरकारलाई थाहा छ?’, शर्माले सोधे, ‘यसलाई लिएर सरकारको सम्पर्क रसियाससँग छ? रूसी सेनामा रहेका नेपालीको संख्या कति छ? सरकारसँग विवरण छ?’

साथै कोभिडपछि नेपाल भारतबिच रहेका सबै नाका सञ्चालनमा आएपनि पूर्वको काँकडभिट्टा नाका भने अझै सञ्चालनमा नआउँदा राजस्व र पर्यटन क्षेत्रमा प्रभाव परेको शर्माले बताए ।



प्रतिक्रिया दिनुहोस्