Logo

नेपाल पत्रकार महासंघको संस्थापक सत्यनारायण बहादुर श्रेष्ठ भएको दाबी गर्दै ‘अग्र अनुहार’ विमोचनको विरोध



काठमाडौं, २८ माघ । नेपाल पत्रकार महासंघ बागमती प्रतिष्ठान प्रदेशको ‘अग्र अनुहार’ पुस्तक विमोचन कार्यक्रमको नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) र नेवाः पत्रकार देय दबुले विरोध जनाएका छन् ।

उक्त पुस्तकमा नेपालका पत्रकारहरुलाई पहिलो पटक संगठित गर्ने संस्थापक सत्यनारायण बहादुर श्रेष्ठ भएपनि उनलाई समावेश नगरिएको भन्दै उनीहरुले विरोध जनाएका हुन् ।

उनीहरुले ‘नेपाल पत्रकार महासंघको संस्थापक सत्यनारायण बहादुर श्रेष्ठ हो, इतिहासलाई मेट्न पाइँदैन, सत्यनारायण बहादुर श्रेष्ठलाई संस्थापक अध्यक्षको मान्यता दे, गलत इतिहासको आडमा अगाडि बढ्न पाइँदैन, हामी गलत इतिहासलाई मान्दैनौं’ लगायतका नाराबाजी गरेका थिए ।

‘अग्र अनुहार’ ल्याएर गलत इतिहासलाई पुष्टी गर्न खोज्नेहरुको विरुद्ध आफूहरु रहेको उनीहरुले बताए । उक्त पुस्तकमा नश्लीय अनुहारहरुलाई मात्रै राखेर पत्रकार महासंघले आफ्नो गलत इतिहासलाई स्थापित गर्न खोजेको उनीहरुको आरोप छ ।फोटो/भिडिओः मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्