Logo

गृहले भन्यो, ‘जनयुद्ध दिवसमा सार्वजनिक विदा छैन’



काठमाडौं, २९ माघ । फागुन १ गते जनयुद्ध दिवसको दिने सार्वजनिक बिदा नहुने भएको छ । गृह मन्त्रालयले सोमबार एक सूचना प्रकाशित गर्दै सार्वजनिक बिदा कायम नरहेको जनाएको हो ।

गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार फागुन १ गतेको सार्वजनिक बिदा कायम नरहेको हो । ‘सम्मानित सर्वोच्च अदालत फैसलाका आधारमा नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८०/१०/२५ को बैठकको निर्णयानुसार नेपाल राजपत्र (खण्ड ७२, संख्या ६५, भाग ५, मिति २०७८/१२/०२) मा प्रकाशित संवत् २०८० फागुन १ गते मंगलबारका लागि निर्धारण गरिएको सार्वजनिक बिदा कायम नरहेको व्यहोरा सम्बद्ध सबैको जानकारीका लागि अनुरोध छ,’– प्रवक्ता भट्टराईद्वारा जारी सूचनामा भनिएको छ ।

सरकारले मन्त्रिपरिषद्बाट पारित गरेको जनयुद्धको विदा सर्वोच्च अदालतले खारेज गरिदिएको थियो । सर्वोच्चले विदा नदिनु भन्ने आदेश गरेसँगै गृहले सूचनामार्फत सबैलाई जानकारी गराएको हो । माओवादी शान्तिपूर्ण राजनीतिमा आएपछि सशस्त्र विद्रोह सुरु गरेको दिन फागुन १ लाई दिवसको रुपमा मनाउँदै आएको थियो ।



प्रतिक्रिया दिनुहोस्