Logo

सरस्वती पूजामा गैरकानूनी गतिविधि नगर्न धनुषा प्रशासनको आग्रह, अटेर गरे कारबाही गर्ने चेतावनी



काठमाडौं,२९ माघ । वसन्त पञ्चमी अर्थात सरस्वती पूजाको दिन गैरकानूनी गतिविधि नगर्न नगराउन जिल्ला प्रशासन कार्यालय धनुषाले अपील गरेको छ ।

धनुषाका प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले आज सूचना जारी गरेर यस्तो अपील गरेका हुन् । सरस्वती पूजाको दिन अवाञ्छित, अनैतिक, सामाजिक विकृती हुने खालका गैरकानुनी गतिविधि गरेको पाइएमा कारबाही गर्ने सूचनामा उल्लेख छ ‌।

‘फागुन २ गते विभिन्न शैक्षिक संस्था, सरस्वती मन्दिर लगायत अन्य स्थानहरुमा सरस्वती पूजा मनाउने र मूर्ति विसर्जन गर्ने क्रममा चर्को स्वरमा डिजे बाजा बजाई अश्लिल गीतमा नाच्ने, लागु औषध तथा मादक पदार्थको सेवन गरी होहल्ला गर्ने, बाटोमा हिड्ने बालबालिकाहरुलाई जिस्काउने, एक आपसमा भैझगडा गर्ने, जबर्जस्ती रंग र अविर दल्ने, पूजाका लागि भनी चन्दा र रकम उठाउने जस्ता गतिविधिहरु नगर्नु नगराउनु हुन सर्वसाधारणको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ’ सूचनामा भनिएको छ ।

त्यस्ता अवाञ्छित, अनैतिक, सामाजिक विकृती हुने खालका गैर कानुनी गतिविधि गरेको पाइएमा कानून बमोजिम कारवाही गर्ने प्रशासनले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्