Logo

ओली र देउवालाई प्रचण्डको च्यालेञ्ज, भोलि जनयुद्ध दिवस मनाएरै छोड्ने अठोट



काठमाडौं,२९ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनबारे पार्टी बैठकमा ब्रिफिङ गरेका छन् । आइतबारबाट सुरु भएको बैठकमा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले पार्टी बैठकमा उठेका विभिन्न विषयमा जवाफ दिएका छन् ।

आजको बैठकमा प्रचण्डले सरकारको काम कारबाहीदेखि सत्ता गठबन्धनको भविष्यबारे पनि छलफल गरेका थिए । स्रोतका अनुसार आजको बैठकमा प्रधानमन्त्री प्रचण्डले सत्ता साझेदार दल नेपाली कांग्रेसले सरकारलाई सोचेजस्तो सहयोग नगरेको भन्दै असन्तुष्टि जनाएका छन् ।

प्रधानमन्त्री प्रचण्डले कांग्रेसबाट पटक-पटक धोका भएको भन्दै यसबारेमा गम्भीर समीक्षा गर्नेपनि प्रतिवद्धता जनाएको त्यहाँ रहेका एक नेताले जानकारी दिए । उनका अनुसार प्रधानमन्त्ती प्रचण्डले भोलि जनयुद्ध दिवस पनि भव्यताका साथ मनाउने उल्लेख गर्दै त्यसैनुसार तयारी गर्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।

प्रचण्डकै नेतृत्वमा १० वर्षसम्म नेपालमा जनयुद्ध भएको थियो । गत वर्ष सरकारले फागुन १ गते जनयुद्ध सुरु भएको दिनको सम्झनामा सार्वजनिक बिदा दिने निर्णय गरेकोे थियो । उक्त समयमा सरकारमा रहेको दल नेकपा एमाले र प्रतिपक्षीमा रहेको नेपाली कांग्रेसले पनि मौन समर्थन गरेका थिए । तर, समयक्रममा सत्ता गठबन्धनमा उलटफेर आएपछि प्रतिपक्षीमा धकेलिएको नेकपा एमालेले जनयुद्धको सार्वजनिक बिदा खारेज गर्न माग गर्दै आएको थियो भने सरकारमै भएको कांग्रेसले पनि दैद्ध चरित्र देखाएको माओवादीको बुझाई छ ।

नेपाली कांग्रेसको संस्थापन पक्ष जनयुद्धको बिदासँग ेकही लचिलो देखिएपनि संस्थापन इतर पक्ष खुलेरै विरोधमा लागेको थियो ।जसलाई बल पुग्नेगरी पार्टी सभापति शेरबहादुर देउवोल मौनता साँधेपछि प्रधानमन्त्री प्रचण्ड असन्तुष्ट बनेका थिए ।

सरकारमा रहनेदेखि बाहिरिनेसम्मले विरोध जनाएपछि सर्वोच्च अदालतमा रिट दायर भएको थियो । उक्त रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीशद्दय आनन्दमोहन भट्टराई र महेश शर्मा पौड्यालको संयुक्त इजलासले जनयुद्ध शब्दलाई संविधानले नचिन्नेभन्दै निर्णय खारेज गरिदिएका थिए ।

सर्वोच्चको फैसलाले सशंकिक्त बनेका प्रचण्डले अदालतको सम्मान गर्दै देउवा र ओलीलाई च्यालेञ्ज दिएर भोलि जनयुद्ध दिवस मनाउने निर्णयमा पुगेको स्रोतको दाबी छ । “अदालतको सम्मान गर्छौं, भोलि जनयुद्ध दिवस पनि मनाउछौँ,” पार्टी बैठकमा प्रचण्डको भनाई उद्दृद गर्दै स्रोतले भन्यो ।



प्रतिक्रिया दिनुहोस्