Logo

जवस र मोर्चाहरु सक्रिय नभएको माओवादीको निश्कर्ष, पुनर्गठन गर्ने निर्णय



काठमाडौं, २९ माघ । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय कमिटीको पाँचौं पूर्ण बैठक सम्पन्न भएको छ । राष्ट्रिय सभागृहमा हिजो (आइतबार) देखि सुरु भएको बैठक आज (सोमबार) सम्पन्न भएको हो । हिजो पार्टीले भर्खरै सम्पन्न गरेको ४ महिने जनतासँग माओवादी विशेष रुपान्तरण अभियानबारे ७ भौगोलिक प्रदेश र ३ गैरभूगोल कमिटीका इन्चार्ज र अध्यक्षहरुले बैठकमा रिपोर्टिङ गरेका थिए । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्बोधन गरेरसँग बैठक सम्पन्न भएको हो ।

केन्द्रीय कमिटी बैठकको मुख्य एजेण्डा चार महिने अभियानको समीक्षानै रहेको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए । साथै, पार्टीका जनवर्गीय संगठन र मोर्चाहरु सक्रिय नभएको माओवादीले निश्कर्ष निकालेको छ । बैठकले जबस र मोर्चाहरुको सम्मेलन गरी सबै जबस र मोर्चाहरुलाई पुनर्गठन गर्ने निर्णय गरेको छ । साथै, प्रवाशी नेपालीहरुलाई प्रशिक्षित र संगठित गर्ने निर्णयसमेत भएको छ ।

साथै, बैठकमा अध्यक्ष प्रचण्डले विधान सम्मेलन सम्पन्न भएपछि विशेष महाधिवेशन गर्नुगर्ने आवश्यकता औंल्याएको प्रवक्ता सापकोटाले बताए । विशेष महाधिवेशनका लागि वैचारिक संश्लेषण, राजनीतिक कार्यदिशा बनाउन बहसको प्रक्रिया आरम्भ गनुपर्ने प्रचण्डको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्