काठमाडौं, २९ माघ । राष्ट्रिय गौरबका आयोजनाको बजेट खर्चको स्थिति निराशाजनक रहेको पाइएको छ । आज (सोमबार) अर्थमन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/०८१ को बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदनमा चालु आवमा विनियोजित बजेटको २३.६१ प्रतिशतमात्रै बजेट खर्च भएको उल्लेख छ ।
सरकारले चालु आवमा १९ वटा राष्ट्रिय गौरवका आयोजनालाई निरन्तरता दिन ६५ अर्ब ६४ करोड १४ लाख बजेट विनियोजन गरेको थियो । गत पुस मसान्तसम्म विनियोजित बजेटबाट १५ अर्ब ५० करोड ८ लाखमात्रै खर्च भएको छ । जुन विनियोजित कूल बजेटको २३.६१ प्रतिशत हो ।
चालु आवको छ महिनासम्म २३.६१ प्रतिशतमात्रै बजेट खर्च हुनुले आयोजनाको खर्च र प्रगति स्थिति निराशाजनक रहेको पुष्टि गर्छ ।