Logo

कुटाकुटपछि भाँडिएको एमाले धादिङको अधिवेशन आज, अध्यक्षमा त्रिपाठी र अधिकारी भिड्ने



काठमाडौं,१ फागुन । नेकपा एमाले धादिङको जिल्ला अधिवेशनअन्तर्गतको बन्दसत्र आजबाट सुरु हुँदैछ । यसअघि १९ माघमा बन्दसत्र जारी रहँदा दुईपक्षबीच कुटाकुट हुँदा अधिवेशननै भाँडिएको थियो ।

बन्दसत्र सुरु गर्नका लागि नेता धर्मदत्त देवकोटाको नेतृत्वमा ९ सदस्यीय अध्यक्ष मण्डल गठन गरिएको छ । नौ सदस्यीय अध्यक्ष मण्डलमा देवकोटासहित भानुभक्त ढकाल, रेशम लामा, माधव ढुङ्गेल, कैलाश ढुङ्गेल, नवराज सिलवाल, दावा लामा लगायत रहेका छन् ।

जिल्ला अध्यक्षमा मौजुदा अध्यक्ष भूमि त्रिपाठी र नेता डा। रामकुमार अधिकारी आकाङ्क्षी छन् । पार्टी केन्द्रले प्यानल खडा गर्न निषेध गरे पनि त्रिपाठी र अधिकारी दुवैले समूहगत तयारी तीव्र पारेका छन् । निर्वाचन सम्पन्न गर्न विश्व अधिकारीको नेतृत्वमा निर्वाचन समिति गठन गरिएको छ ।

अध्यक्षका आकांक्षी अधिकारी बागमती प्रदेश सरकारका पूर्व राज्यमन्त्री हुन् । उनलाई प्रदेश अध्यक्ष केलाशप्रसाद ढुंगेललगायतको समर्थन रहेको छ भने निवर्तमान अध्यक्ष त्रिपाठी दशबुँदै पक्षधरका नेता हुन् । उनलाई एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेलगायतको समर्थन रहेको छ ।



प्रतिक्रिया दिनुहोस्