Logo

दुर्गा प्रसाईंको शक्ति प्रदर्शनमा डीएसपीको नेतृत्वमा प्रहरी परिचालन



काठमाडौं,१ फागुन । मेडिकल व्यवसायी दुर्गा प्रसाई नेतृत्वको राष्ट्रय, राष्ट्रियता, धर्म संस्कृति र नागारिक बचाउन महाअभियान नेपालले गर्न लागेको शक्ति प्रदर्शनका लागि सुरक्षा निकायले उच्च प्राथमिकतामा राखेको छ ।

प्रसाई नेतृत्वको अभियानले मंगलबार पहिलो स्थापना दिवस काठमाडौंको भृकुटीमण्डपमा मनाउने तयारी गरिरहेको छ । उक्त कायक्रमलाई शान्ति सुरक्षा प्रदान गर्न प्रहरकिो डीएसपीएको नेतृत्वमा टोली खटिने भएको छ ।

प्रसाईँ समूहले काठमाडौँको कीर्तिपुर, स्वयम्भू, वनस्थली, चाबहिल, भक्तपुर र ललितपुरको भुलुबाट जुलुस निकाल्दै छन् । भृकुटीमण्डप स्थित कार्यक्रम स्थलको सुरक्षामा ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका अपरेशन कमाण्डर (डीएसपी) पवन भट्टराईको नेतृत्वमा कार्यक्रम स्थलमा प्रहरी परिचालन गरिएको छ ।

प्रसाईंको समूहले यसअघि गत मंसिर ७ गते बल्खु चोकमा प्रदर्शन गर्दा झडपको स्थिति आएपछि सरकार सचेत भएको हो।



प्रतिक्रिया दिनुहोस्