Logo

जनयुद्ध इतिहासको महान, ऐतिहासिक र दूरगामी रणनीतिक पहल थियो, छ र रहिरहनेछः प्रधानमन्त्री प्रचण्ड



काठमाडौं, १ फागुन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनयुद्ध इतिहासको महान, ऐतिहासिक र दूरगामी रणनीतिक पहल भएको बताएका छन् । आज (मंगलबार) २९औं जनयुद्ध दिवसको अवसरमा पार्टीको नीति अधिवेशन उद्घाटन गर्दै उनले जनयुद्ध जनयुद्ध इतिहासको महान, ऐतिहासिक र दूरगामी रणनीतिक पहल भएको र अहिले रहेको र रहिरहने बताएका हुन् ।

प्रचण्डले देशका कम्युनिष्ट क्रान्तिकारी र देश बाहिर रहेका कम्युनिष्ट क्रान्तिकारी योद्धालाई न्याय र समानताको निम्ति आवाज उठाउन पनि अपील गरे ।

‘जनयुद्ध नेपालको इतिहासको महान, ऐतिहासिक, दूरगामी रणनीतिक पहल थियो, छ र रहिरहनेछ । मानिसहरुले सुरुमा यसको औचित्य, ऐतिहासिक आवश्यकतालाई कयौं मानिसहरुले अन्दाज गर्न सकेका थिएनन्,’– उनले भने ।

नेपालमा राजनीतिक परिवर्तनका लागि भएका विगतका विभिन्न आन्दोलनहरुको गहिरो अध्ययन गरेर जनयुद्धको थालनी भएको उनले स्मरण गरे । आफूहरुले पृथ्वीनारायण शाहदेखि,नेपाली कांग्रेसको विद्रोह, झापा विद्रोह लगायतका विविध आन्दोलनको गहन अध्ययन गरेर जनयुद्धको थालनी गरेको बताए । आफूहरुको रणनीति सही भएकाले निरङ्कुश व्यवस्थाको अन्त्य भएको उनले दाबी गरे । Photo By: Mukunda Kalikote/RN



प्रतिक्रिया दिनुहोस्