Logo

टी-२० क्रिकेटमा रुबिना र पूजाको विश्व कीर्तिमान



काठमाडौं,१ फागुन । नेपाली राष्ट्रिय महिला टिमका पूर्व कप्तान तथा अलराण्डर रुबिना बेल्बासे क्षेत्री र बलर पूजा महतोले टी-२० आईमा विश्व कीर्तिमान बनाएका छन् ।

एसीसी महिला प्रिमियर कपअन्तर्गत माल्दिभ्स विरुद्धको खेलमा कीीर्तमामन बनाएका हुन् । रुविना र पुजाले माल्ल्दिभ्सविरुद्ध पाँचौं विकेटका लागि ८२ बलमा १६६ रनको अविजित साझेदारी गरेका थिए । जुन साझेदारी महिला टी-२० आई विश्वकै पाँचौं विकेटका लागि भएको सर्वाधिक ठूलो हो ।

यसअघि महिला टी-२० आईमा पाँचौं विकेटका लागि अष्ट्रेलियाका ग्रेसी हारिस र आश्लिघ गार्डनरले २०२२ मा भारतविरुद्ध १२९ रनको साझेदारी गरेका थिए । उक्त साझेदारी रुविना र पुजाले तोडेका हुन् ।

पूजा र रुबिनाको विश्व कीर्तिमानको मद्दतमा नेपालले माल्दिभ्सविरुद्ध २१४ रनको विशाल अन्तरले जित निकालेको छ । नेपालले निर्धारित २० ओभरमा २२७ रन जोड्दै २२८ रनको विशाल लक्ष्य दिएको थियो । नेपालका लागि ऐतिहासिक शतक हिर्काएकी रुबिनाले ५९ बलमा ५ छक्का र १० चौका हिर्काउँदै ११८ रनको शत्कीय पादी खेलिन् ।

त्यस्तै छैटौँ नम्बरमा क्रिज समाल्न आएकी पूजाले पनि टोलीका लागि अविजित ५९ रनको योगदान गरिन् । पूजाले केवल ३६ बलको सामना गरी एक छक्का र पाँच चौका हिर्काइन् । अन्तर्राष्ट्रिय टी-२० क्रिकेटमा पूजाको यो पहिलो अर्धशतक पनि हो ।

नेपाल ३ खेलमा ६ अंक जोड्दै समूह विजेताको रुपमा क्वाटरफाइनलमा प्रवेश गर्यो । हङकङको ३ खेलमा ४ अंक छ भने भुटानको २ अंक छ । माल्दिभ्सले खाता खोल्न सकेन ।



प्रतिक्रिया दिनुहोस्