Logo

पाल्पामा जीप दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो



काठमाडौं,१ फागुन । पाल्पामा जीप दुर्घटनामा परेको छ । पाल्पाको डुम्रेबाट मस्याम जाँदै गरेको जीप दुर्घटनामा परेको हो ।

सिद्धार्थ राजमार्गको डुम्रेबाट मस्यामको चिदिस जाँदै गरेको लु १ ज २३७१ नम्बरको जिप डुम्रे र चिदिसको बीच भागमा दुर्घटनामा परेको स्थानीयले जनाएका छन् । जिप दुर्घटनामा कम्तीमा ८ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । 

दुर्घटनाको कारण खुलेको छैन । प्रहरीका अनुसार, जीपमा १५ जना यात्रु सवार रहेको सूचना छ ।

घटनाको थप विवरण प्राप्त हुन बाँकी रहेको प्रहरीले जनाएको छ । मृतकको पहिचान खुलेको छैन् । घातेलार्य थप उपचारका लागि उद्दार गरेर अस्पताल लैजाने काम भईरहेको छ ।



प्रतिक्रिया दिनुहोस्