काठमाडौं, ३ फागुन । ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा विशेष अदालतले आज फैसाल सुनाएको छ । विशेष अदालतले उक्त मुद्दामा पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदार, पूर्वभूमिसुधार मन्त्री डम्बर श्रेष्ठ, पूर्वमन्त्री चन्द्रदेव जोशीलाई नीतिगत निर्णयमा दाबी नपुग्ने भन्दै सफाइ दिएको छ ।
त्यसैगरी, तत्कालीन मालपोत अधिकृतहरु कलाधर देउजा, सुरेन्द्रमान कपालीलगायतका कर्मचारी दोषी ठहर भएका छन् । उक्त जग्गा व्यक्तिको नाममा ल्याउन भूमिका खेलेका रामकुमार सुवेदी,शोभाकान्त ढकाललगायतलाई पनि विशेष अदालतले दोषी ठहर गरेको छ ।
त्यसैगरी, कल्पना तुलाधरसहित बालुवाटारको जग्गा आफ्नो नाममा पार्ने ६५ जनाको जग्गा जफत हुने भएको छ । Photo By: Mukunda Kalikote/RN