Logo

प्रधानमन्त्रीसँग आफ्नो कुनैपनि असमझदारी नभएको अर्थमन्त्रीको प्रष्टीकरण



काठमाडौं,४ फागुन । अर्थमन्त्री डा प्रकाशशरण महतले प्रधानमन्त्ती पुष्पकमल दाहाल प्रचण्डसँग आफ्नो कुनैपनि असमझदारी नभएको प्रष्टीकरण दिएका छन् ।

प्रधानमन्त्री र अर्थमन्त्रीबीच खटपट भएको समचार सार्वजनिक भएपछि आज मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्री महतले आफूले सबै कुरा प्रधानमन्त्रीको सल्लाहमै गर्ने गरेको प्रष्टीकरण दिएका छन् ।

मन्त्री डा। महतले भने ‘हामीबीच संवाद र समन्वयमै काम भइरहेको छ । यसो गर्दा के होला ? भनेर उहाँले भन्नु हुन्छ । मैले आफ्नो कुरा भन्ने गरेको छु । छलफलबाट निष्कर्षमा पुग्छौँ । बाहिर यसरी सम्प्रेषित हुन्छ कि, कसले गरिरहेको रहेको छ यस्तो । के आशयले गर्छन् तपाईँहरूले अनुसन्धान गर्नुस्’ ।

महतले प्रधानमन्त्रीसँग छलफल र समन्वय गरेर नै बजेटको अनुमानित खर्चको आकार घटाएको दाबी गरेका छन् । उनले बजेट कटौती नगरेको पनि बताए । ‘बजेट कटौती गरेको होइन, जति बढी खर्च गर्न कोसिस गर्छौँ र राजश्व पनि त्यति नै उठाउने प्रयास गर्छौ’, महतले भने, ‘संसदले पारित गरेको विषय हामीले कटाउन सक्दैनौँ ।’



प्रतिक्रिया दिनुहोस्