Logo

झलनाथको ठोकुवाः ‘मदन भण्डारीको सय प्रतिशत हत्या भएको हो’



काठमाडौं, ४ फागुन । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेकपा (एमाले) का तत्कालीन महासचिव मदन भण्डारीको हत्या भएको ठोकुवा गरेका छन् । आज (शुक्रबार) समाजवाद अध्ययन तथा अनुसन्धान केन्द्र नेपालले आयोजना गरेको ‘समाजवादः अबको बाटो’ विषयक गोष्ठीलाई सम्बोधन गर्दै उनले मदन भण्डारी र जीवराज आश्रितको हत्या नै भएको दाबी गरेका हुन् ।

उनले जनताको बहुदलीय जनवाद पुँजीवादी व्यवस्था नै भएको बताए । उनले जबजको व्याख्या विश्लेषण हुन नपाउँदै तत्कालीन महासचिव भण्डारीको निर्ममतापूर्वक हत्या गरिएको दाबी गरेका हुन् ।

‘जहाँबाट जसले ब्याख्या गरेपनि बहुदलीय जनवाद भनेको पु्ँजीवादी व्यवस्था नै हो । पाँचौं महाधिवेशनमा कमरेड मदन कुमार भण्डारीले बहुदलीय जनवादलाई जनता अगाडि थपेर ‘जनताको बहुदलीय जनवाद भनेर अगाडि सार्नु भएको हो । त्यो जनवादी क्रान्तिको कार्यक्रम हो । तर, त्यसको व्याख्या विश्लेषण सबै गर्ने नपाउँदै मदन भण्डारीको निर्ममतापूर्वक र षड्यन्त्रपूर्वक हत्या गरियो । त्यो हन्ड्रेड पर्सेन्ट हत्या हो । हत्यारालाई हामीले पत्या लगाउन सकेनौं,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्