काठमाडौं,६ फागुन । क्यानडा–११ सँगको पहिलो एकदिवसीय खेलमा नेपाल ‘ए’ लाई दोस्रो झड्का लागेको छ ।
मूलपानीस्थित क्रिकेट मैदानमा सुरुमा टस हारेर ब्याटिङ गरिरहेको नेपालले पहिलो विकेटका रुपमा अोपनर अर्जुन कुमाललाई गुमाएको थियो । उनी ७।५ ओभरमा साद विन जफरको बलमा आउट भएका हुन् । उनले मात्र ४ रन जोडन् सके । अर्जुन स्पिनर साद जफरको बलमा बोल्ड भएका थिए ।
भने १४.३ ओभरमा ३६ रन जोडेर खेलिरहेका मयन यादव हर्श थाकरको बलमा आउट भएका छन् ।
अफ स्टम्प केन्द्रित बल खेल्ने धुनमा मयन एज लागेर क्याच आउट भएका हुन् । क्यानडाका खेलाडीको जोडदार अपिलमा अम्पायरले आउट दिए ।
नेपाली क्रिकेटको इतिहासमा ‘ए’ टिमले खेल्न लागेको यो पहिलो एकदिवसीय शृंखला हो । आजको खेलपछि नेपालले मंगलबार दोस्रो र बिहीबार शृंखलाको अन्तिम खेल खेल्नेछ ।
नेपाली क्रिकेटको इतिहासमा ‘ए’ टिमले खेल्न लागेको यो पहिलो एकदिवसीय शृंखला हो । आजको खेलपछि नेपालले मंगलबार दोस्रो र बिहीबार शृंखलाको अन्तिम खेल खेल्नेछ ।
नेपालले ताजा अवस्थामा १४ ओभरको समाप्तीमा २ विकेट गुमाएर ५२ रन जोडेको छ ।