Logo

भौतिक पूर्वाधारमन्त्री ज्वालालाई बर्खास्त गर्ने प्रचण्डको संकेत



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालकुमारी घटनामा दोषी ठहर भएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई मन्त्री पदबाट हटाउने संकेत गरेका छन् ।

आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा नेकपा एमाले र रास्वपाका सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै प्रचण्डले छानबिन समितिको प्रतिवेदन आफूले हेर्न नभ्याएको र प्रतिवेदन अध्ययन गरेपछि थप पाइला चाल्ने बताएका हुन् । गत पुस १३ गते ललितपुरको बालकुमारीमा दुई जना युवाको ज्यान जानेगरि घटेको घट्नामा मन्त्री ज्वालाको दोष रहेको भनेर जाँचबुझ आयोगले प्रतिवेदन बुझाएपछि प्रधानमन्त्री दाहालले उनलाई हटाउने संकेत गरेका हुन् ।

आयोगको प्रतिवेदन ग्रहण गरेलगत्तै प्रधानमन्त्री दाहालले मार्गप्रशस्त गर्न भनेको स्रोतको दाबी छ । तर, मन्त्री ज्वाला भनेर राजीनामा नदिने पक्षमा छन् । अध्यक्ष माधवकुमार नेपालले पनि यसबारेमा प्रधानमन्त्री दाहालसँग कुरा गरेको बुझिएको छ । नेपालले आफ्नो मन्त्रीलाई यसरी नहटाउन प्रधानमन्त्री दाहालसामू दबाब बढाएका छन् ।



प्रतिक्रिया दिनुहोस्