काठमाडौं, ६ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभामा सांसदहरुले राखेको प्रश्नको जवाफ दिएका छन् । आज (आइतबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले सांसदहरुको प्रश्नको जवाफ दिएका हुन् । साथै, उनले सरकारको सम्पूर्ण ध्यान अर्थतन्त्रलाई लयमा फर्काउनेतर्फ केन्द्रीत रहेको बताए । अहिले अर्थतन्त्रका कतिपय सूचकहरु सकारात्मक रहेपनि पूर्ण रुपमा चलायमान नभइसकेको उनको भनाइ छ ।
आफूले हरेक मन्त्रालयहरुसँग सार्वजनिक सेवा प्रभाव, विकास निर्माण र त्यसको प्रभावकारिताको विषयमा दिनहुँजसो समाधानमुख छलफल गरिरहेको उनले बताए । प्रधानमन्त्री प्रचण्डले नेपालको अर्थतन्त्र सुधारका लागि निकै महत्वपूर्ण छलफल आयोजना गरेर निश्कर्षसमेत निकालेको बताए । अबको केही महिनामा यस्ता प्रकारको सकारात्मक प्रभाव अंकमा नै सुनाउन सक्ने विश्वास लिएको उनले बताए ।
पूर्णपाठ पढ्न यहाँ क्लिक गर्नुहोस्ः सांसदहरुको प्रश्न, प्रधानमन्त्रीको जवाफ