Logo

मिडिया सेलिब्रेटी पूर्वसचिव भीम उपाध्याय भ्रष्टाचारमा मुछिए, मुद्दा दर्ता



काठमाडौं,६ फागुन । अख्तियार दुुरुपयोग अनुसन्धान आयोगले नेपाल सरकारका पूर्व सचिव भीम उपाध्यायविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

मेलम्ची खानेपानी परियोजनामा भ्रष्टाचार गरेको अभियोगमा उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरिएको अख्तियार स्रोतले जनाएको छ ।त्यस्तै अख्तियारले उपाध्यायसहित पूर्वसचिवद्धय सञ्जय शर्मा र गजेन्द्र ठाकुरविरुद्ध पनि मुद्दा दायर गरेको छ ।

यसैगरी मेलम्ची खानेपानी विकास समितिका बोर्ड सदस्य मुकुन्दप्रसाद पौडेल र रुद्रसिंह तामाङ, कार्यकारी निर्देशकहरू घनश्याम भट्टराई, रामचन्द्र देवकोटा र सूर्यराज कँडेलसहित १५ नेपाली र परामर्शदातासहित तीन विदेशीलाई पनि प्रतिवादी बनाइएको छ ।

उनी मेलम्ची खानेपनी विकास समितिको अध्यक्ष तथा नेपाल सरकारको विशिष्ट श्रेणीका सचिव पदमा रही उक्त भ्रष्टाचारमा संलग्न रहेको देखिँदा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २४ बमोजिम थप सजाय हुनसमेत मागदाबी गरिएको अख्तिायरले जनाएको छ।विदेशीलाई पनि प्रतिवादी बनाइएको छ ।

उपाध्यायविरुद्ध ४ करोड ११ लाख ३४ हजार २७९ रुपैयाँ बिगो कायम गरिएको छ ।

यस्तै तत्कालीन सचिव गजेन्द्रकुमार ठाकुरविरुद्ध ६० करोड ४९ लाख १९ हजार ८८४ रुपैयाँ बिगो कायम गरिएको आयोगले जनाएको छ ।

त्यसै गरी मेलम्ची खानेपानी विकास समितिका तत्कालीन बोर्ड सदस्य रुद्रसिंह तामाङविरुद्ध ११ करोड ९ लाख १७ हजार ४५८ रुपैयाँ बिगो कायम गरिएको छ ।

यस्तै तत्कालीन बोर्ड सदस्य चन्द्रबहादुर थापाविरुद्ध ७१ करोड ५८ लाख ३७ हजार ६४३ रुपैयाँ बिगो कायम गरेर मुद्दा दायर गरिएको आयोगका प्रवक्ता घिमिरेले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्