Logo

एसीसी वुमन्स प्रिमियर कप खेलेर नेपाली टिम स्वदेश फिर्ता, के भन्छन् रुबिना,इन्दू र सीता ?



काठमाडौं,७ फागुन । मलेसियामा भएको एसीसी वुमन्स प्रिमियर कपमा सहभागी भएर नेपाली महिला टिम स्वदेश फिर्ता भएको छ ।

मलेसियामा भएको प्रिमियर कपमा नेपाल सेमिफाइनलबाट बाहिरिएको थियो । सेमिफाइनलबाट बाहिरिएसँगै नेपाल अर्को वर्ष हुने एसिया कप टी-२० मा छनोट हुन् असफल भएको थियो ।

स्वदेश फर्किएका नेपाली टिमका पूर्व कप्तान रुबिना क्षेत्री बेल्बासेले टीमले नजित्दा शतकको खासै भ्यालु नभएको बताएकी छन् । रुबिनाले माल्दिभ्सविरुद्धको खेलमा करिअरकै पहिलो शतक हिर्काएकी थिईन् ।

‘पर्सनल माइलस्टोन त भयो । तर, टिम इभेन्टमा टिमको रिजल्ट नआउँदा चाहिँ त्यो शतकको मलाई खासै भ्यालु नै लाग्या छैन,’ उनले भनिन् ।

प्रिमियर कपको माल्दिभ्स विरुद्ध रुविनाले नेपाली महिला क्रिकेटमै पहिलो शतक प्रहार गरेकी थिइन् । उनले मलेसियाविरुद्ध ११८ रनको शतकीय इनिङ खेलेको थिइन् ।

त्यस्तै नेपाली टमकी कप्ताना इन्दू बर्माले रुबिना र सीताको मेहनतले सार्थकता पाउन नसक्दा दुख लागेको बताएकी छन् । उनले सीता र रुबिनाकै लागि भएनी एसिया कपमा छनोट हुनपर्ने भएपनि त्यसो हुन नसकेको भन्दै दुख व्यक्त गरिन् ।

यस पटक हामीलाई ठूलो आश थियो । तर,भएन । मलेसियाविरुद्ध पनि जित निकाल्छौँ भन्ने थियो तर अन्तिम मोमेन्टमा के भयो भयो,’ उनले भनिन् ।

सीता रानामगर र रुविना क्षेत्रीका लागि ट्रफी जित्न नसक्दा दुख लागेका कप्तान बर्माले बताइन् । सीता रानामगर र रुबिना क्षेत्रीको लागि भए पनि हामीले एउटा ट्रफी चाहिँ जित्नुपर्ने थियो । त्यो पनि सहज तरिकाले नपाउँदा एकदम दुख लाग्छ । उहाँहरूले यति लामो समय क्रिकेटलाई योगदान दिनुभएको छ । तर,हामीले जिताउन सकेनौँ,’ उनले भनिन् ।

त्सस्तै माल्दिभ्सविरुद्धको खेलमा ह्याट्रिक लिएकी सीता रानामगरले आफू र रुबिना भन्दा पनि राम्रो खलाडी नेपाली टिममा आउनुपर्ने बताईन् । उनले रुबिना र आफ्नो विकल्पमा खेलाडीहरु नदेखिँदा चिन्ता लागेको बताएकी छन् ।

‘हामी त खेलिराखेका छौँ । अन्तर्राष्ट्रिय अम्पायरले पनि भनिराख्नुभएको छ । नेपाली टिमका रुविना र सीता गयो भने केही पनि छैन भनेर । जति पनि जुनियरहरु छ । आफूले पनि रेस्पोन्बिलिटी लिएर खेल्नुपर्छ,’ उनले भनिन्, ‘एक दुई जना त आएको छ । अझै ४-५ जना आयो भने हामीलाई ढुक्कले टिम छोड्न हुन्थ्यो ।’

उनले थपिन्, ‘अहिले पनि छोड्न मन लाग्छ । हामीले छोड्यौँ भने भुटानले पनि जित्छ जस्तो लाग्छ ।’

समूह डी मा रहेको नेपाल अपराजित रहँदै सेमिफाइनलमा पुगेको थियो । माल्दिभ्सविरुद्धको खेलमा कीर्तिमानी स्कोर,कीर्तिमानी जित र कीर्तिमानी शतक हिर्काएको नेपाली टिम सेमिफाइनलमा चुक्दा ८ वर्षपछि मुखमा आएको अवसर गुमाएको थियो ।



प्रतिक्रिया दिनुहोस्