काठमाडौं । आजबाट सुरु हुने नेपाली कांग्रेसको महासमिति बैठकमा हिन्दूराज्यको विषय प्रवेश नगराउन तीनवटा भातृ संस्थाले माग गरेका छन् ।
प्राप्त भएका उपलब्धिहरुको कार्यान्वयन गर्नुपर्ने अवस्थामा पार्टीभित्र र बाहिर विभिन्न अभियानका नाममा संविधान र पार्टीको नीति, सिद्धान्तविपरीत गतिविधि भएको तीन संस्थाले विज्ञप्ति निकालेर जनाएका छन् ।
आदिवासी जनजाति विभाग, लोकतान्त्रिक आदिवासी महासंघ र मुस्लिम संघले लोकतान्त्रिक गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, समानुपातिक समावेशी प्रणालीको कार्यान्वयनको नेतृत्व कांग्रेसले गर्नुपर्ने जनाएका छन् ।
महासमिति बैठकले पार्टीको नीति, विचार र सिद्धान्त विपरीतका कुनै निर्णय नगराउन पार्टीको ध्यानाकर्षण गराइएको छ ।