Logo

एकीकृत समाजवादीका स्याङ्जा जिल्ला इन्चार्ज थापासहितका नेताद्वारा पार्टी परित्याग, पुरानै घर फर्किए



काठमाडौं, ७ फागुन । नेकपा (एकीकृत समाजवादी) का स्याङ्जा जिल्लाका नेताहरुले पार्टी परित्याग गरेका छन् । उनीहरु एकीकृत समाजवादी परित्याग गरी पुरानै घर फर्किएका हुन् ।

स्याङ्जा जिल्ला इन्चार्ज एवं पूर्व सांसद महेन्द्र थापा, अध्यक्ष आरसी भट्टराई, सचिव बहादुर गुरुङ र उप–सचिव राजेन्द्र मरासिनीलगायतका नेता कार्यकर्ता नेकपा (एमाले) मा प्रवेश गरेका छन् ।

पुरानै घर फर्किएका नेता तथा कार्यकर्तालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी मुख्यालय च्यासलमा स्वागत गरे । अध्यक्ष ओलीले पु्रानै घर फर्किएका नेता तथा कार्यकर्ताहरुलाई बधाई एवं शुभकामना पनि दिए ।



प्रतिक्रिया दिनुहोस्