काठमाडौं,८ फागुन । पुस १३ गते बालकुमारीमा २ जनाको ज्यान जानेगरी भएको घटनामा प्रत्यक्ष संलग्न रहेको प्रतिवेदन आईसकेपनि भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले नैतिकताको प्रदर्शन गर्न सकेका छैनन् ।
सामान्यतया कुनैपनि घटनामा राज्यको जिम्मेवार निकायमा रहेको व्यक्तिको संलग्नता देखिए नैतिकताको आधारमा राजीनामा दिने राजनीतिक संस्कार रहिआर्एपनि मन्त्री ज्वालाले भने राजीनामाको साटो उल्टै आफ्नो नेता कार्यकर्तालाई बचाउमा उत्रिन आग्रह गर्दै आएका छन् ।
मन्त्री ज्वालाको बचाउन गर्दै एकीकृत समाजवादीको भातृ संगठन युवा संघका पूर्व अध्यक्ष तथा एकीकृत समाजवादीका केन्द्रीय सदस्य सुदेश पराजुली भने उल्टै बचाउमा उत्रिएका छन् । पराजुलीले युवालाई गोली ठोकन आदेश दिने उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बरु राजीनामा दिनुपने भन्दै मन्त्री ज्वालाको बचाउमा उत्रिएका हुन् ।
पुलिसलाई गोली ठोक्ने आदेश कस्ले दियो ? भन्दै युवा नेता पराजुलीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई दोषी देखाउन खोजिएकोमा आपत्ति जनाएका छन् ।
प्रतिवेदनमा मन्त्री ज्वालाको गाडी प्रदर्शनस्थलमा प्रवेश गरेपछि प्रदर्शनकारी उत्तेजित भएको र घटनाले उग्र रूप लिएको भन्दै उनलाई ‘मुख्य दोषी’ करार गरिएको भनिएको छ । त्यही आधारमा ज्वालाको राजीनामाको माग भइरहँदा पराजुलीले पहिले गृहमन्त्री श्रेष्ठलाई छानबिनको कठघरामा उभ्याएपछि सत्य तथा तथा निष्पक्ष छानबिन भएका प्रकाश ज्वाला पनि भागीदार बन्नुपर्ने औंल्याएका छन् ।
यस्तो छ उनको धाराणा
- नेपाल पुलिस भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत पर्छ ?
- शान्ति सुरक्षा कायम गर्ने काम कुन मन्त्रालयको हो भौतिक मन्त्रालयको कि गृहमन्त्रालयको हो ?
- पुलिसलाई गोलि ठोक्ने आदेश कस्ले दियो ?
- होनाहार युवाको छातिमा गोलि हान्ने आदेश दिने घटनाको सम्पुर्ण दोषि नारायणकाजि श्रेष्ठ हो ।
- आफै शान्ति सुरक्षाको बागडोर गृहमन्त्रालयको नेतृत्व गर्ने रोजगारीका लागि भौतारिएका दुई होनाहार युवालाई गोलि ठोक्ने आदेश दिने गृहमन्त्री नारायण काजि श्रेष्ठले पहिला नैतिकता आधारमा राजिनामा दिनु पर्छ ।
- पहिला छानबिन गृहमन्त्री नारायणकाजि श्रेष्ठलाई गर्नुपर्छ ।
- गृहमन्त्री स्वयम् आफु हुने आफु नै छानबिनको दायरा भित्र उभिनु पर्ने व्यक्तिले आफुलाई जोगाउने आफु अनुकुल छानबिन समिति बनाएर यतिको नाटक मञ्चन गर्नेलाई जति निन्दा गरे पनि कमि नै हुन्छ ।
- मुख्यदोषि नारायण काजि श्रेष्ठलाई छानबिनको कठघरामा उभ्याए पछि यदि सत्य तथ्य तथा निष्पक्ष छानबिन भएमा प्रकाशज्वाला पनि त्यसको भागिदार बन्नु पर्छ ।