Logo

हिन्दूराष्ट्रको एजेण्डालाई शशांकको पनि समर्थन, गरे हस्ताक्षर



काठमाडौं, ८ फागुन । नेपाली कांग्रेसका नेता तथा पूर्व महामन्त्री शशांक कोइरालाले हिन्दूराष्ट्रको मुद्दामा समर्थन जनाएका छन् ।

कांग्रेस नेता तथा पूर्वमन्त्री शंकर भण्डारीको नेतृत्वमा घोषणा भएको हिन्दूराष्ट्र पुनसर््थापनाको अभियानमाउ नले पनि हस्ताक्षर गरेका हुन् । ललितपुरको गोदावरीमा जारी महासमिति बैठक स्थलमा कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीको नेतृत्वमा रहेको सनातन हिन्दु राष्ट्र नेपाल स्थापना महाअभियानले हस्ताक्षर अभियान चलाएको थियो । मंगलबार पूर्व महामन्त्री कोइरालाले पनि अभियानको पक्षमा हस्ताक्षर गरेका हुन् ।

कोइरालाको हस्ताक्षरसँगै हिन्दू राष्ट्रको मुद्दामा हस्ताक्षर गर्ने केन्द्रीय सदस्यको संख्या ३१ पुगेको छ भने ६०० जनाभन्द्या धेरै महासमिति सदस्यले हस्ताक्षर गरेका छन् । यसअघि नै कांग्रेका २२ जना केन्द्रीय सदस्इले हस्ताक्षर गरेर सभापति शेरबहादुर देउवालाई बुझाएका थिए ।



प्रतिक्रिया दिनुहोस्