काठमाडौं, ८ फागुन । नेपाली कांग्रेसको महासमिति बैठकमा पार्टीको लेखा परीक्षण प्रतिवेदन पेश गरिएको छ । केन्द्रीय लेखा समितिका संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका हुन् । पार्टीको १४औं महाधिवेशन पश्चात सम्पन्न भएको आर्थिक वर्ष २०७८/७९ र २०७९/ ८० को लेखापरीक्षण प्रतिवेदन महासमिति बैठकमा पेश गरिएको हो ।
आम्दानी: कांग्रेसले आ.ब.२०७८÷७९ मा सदस्यता, लेभी र नविकरण शुल्क वापत ७ करोड ४३ लाख ०३ हजार ५ सय १ रुपैँया, चन्दा तथा सहयोग वापत ६ करोड ६८ लाख २४ हजार रुपँैया, प्रकाशन बिक्रीबाट ११ लाख ४९ हजार ४ सय रुपैँया र व्याज आम्दानी बापत ६७ लाख १७ हजार १ सय ८५ रुपैँया आम्दानी गरेको छ । सबै गरी कूल आम्दानी १४ करोड ८९ लाख ९४ हजार ८७ रुपैँया रहेको छ ।
आ.ब.२०७९/८० मा सदस्यता, लेभी र नविकरण शुल्क वापत ५७ लाख ६० हजार ८ सय रुपंैया, चन्दा तथा सहयोग वापत २ करोड ६५ लाख ६४ हजार ५ सय ७७ रुपैया, प्रकाशन बिक्रीबाट ९४ हजार ६ सय पचास रुपैँया, लिलाम बिक्री बापत २ लाख २५ हजार रुपैँया र व्याज आम्दानी बापत ३८ लाख ३१ हजार २ सय ७० रुपैँया आम्दानी गरेको छ । जम्मा आम्दानी ३ करोड ६४ लाख ७६ हजार २ सय ९७ रुपैँया रहेको छ ।
खर्च: १४औं महाधिवेशन तथा सम्मेलन सम्पन्नमा १२ करोड २१ लाख ९७ हजार ७ सय ७ रुपैया खर्च भएको प्रतिवेदनमा उल्लेख छ । यसै गरी स्थानीय निकाय, प्रदेश सभा तथा प्रतिनिधि सभाको निवार्चनमा आ. ब. २०७८/७९ मा १ करोड १५ लाख ६५ हजार २ सय १० रुपैया, कार्यालय सञ्चालन बापत ४ करोड ११ लाख ५६ हजार १ सय ०३ रुपैया, र ह्रास कट्टी तथा अपलेखन बापत ४१ लाख ५९ हजार २ सय ०१ रुपैयाँ खर्च भएको प्रतिवेदनमा उल्लेख छ । आ.ब.२०७८/७९ मा कूल खर्च १७ करोड ९० लाख ७८ हजार २ सय २२ रुपैया भएको उल्लेख छ ।
पार्टीले आ.ब.२०७९/८० मा निवाचनमा ३ करोड ८८ लाख ५७ हजार ९ सय ९३ रुपैया, कार्यालय सञ्चालन बापत ३ करोड २२ लाख ५० हजार ४ सय ३२ रुपैया, भातृ संगठन सम्बन्धि खर्च बापत ४९ लाख ६० हजार रुपैया र ह्रास कट्टी तथा अपलेखन बापत ३९ लाख २६ हजार ६ सय ९६ रुपैया खर्च व्यवस्था गरिएको प्रतिवेदनमा उल्लेख छ । आ.व २०७९/८० को कूल खर्च ७ करोड ९९ लाख ९५ हजार १ सय २१ रुपैया रहेको छ ।