Logo

ओलीको निर्देशनसमेत अवज्ञा हुन थालेपछि एमाले जिल्ला अधिवेशनमा प्यानल खडा गर्न रोक



काठमाडौं,९ फागुन । नेकपा एमालेले जारी जिल्ला अधिवेशनमा प्यानल खडा गरेर उम्मेदवार बन्न रोक लगाएको छ । एमालेले हाल विभिन्न जिल्लामा जिल्ला अधिवेशन गरिरहेको छ । तर, अधिवेशन जारी रहेका सबैजसो जिल्लाहरुमा विभिन्न विवाद उत्पन्न भईरहेका छन् ।

विवाद बढ्दै जाँदा कतै कुटाकुट त कतै चरम गुटबन्दी देखिएपछि एमालेले जिल्ला अधिवेशनमा प्यानल खडा गर्न रोक लगाएको छ। एमालेको मैगलबारदेखि जारी केन्द्रीय समिति बैठकमा महासचिव शंकर पोखरेलले एक परिपत्र जारी गर्दै आइन्दा जिल्ला अधिवेशनमा कुनैपनि उम्मेदवारले प्यानल खडा गर्न नपाउने बताएका छन् ।

पोखरेलले जारी गरेको निर्देशनमा भविष्यमा पार्टी प्रवेश गर्नेहरूको सम्भावनालाई समेत ध्यानमा राखी कमिटी निर्माण कमिटीको अधिकतम् संख्याभन्दा कम गर्ने दिनदना १० प्रतिशतसम्म कमिटीले मनोनित गर्न पाउने अधिकारलाई अधिवेशनकै समय प्रयोग गर्नेजस्ता गल्ती समेत भएकोले यदि अधिवेशनबाटै कमिटीको मनोनयनको अधिक प्रयोग गरेमा उक्त निर्णय स्वतः बदर हुने भएकाले त्यस्तो कार्य नगर्ने व्यवस्था उल्लेख गरिएको छ ।

त्यस्तै एक तिहाई युदा प्रतिनिधित्व सुनिश्चित गर्ने भन्ने निर्णयलाई सिर्जनात्मकरूपले कार्यान्वय गर्ने । उदाहरणका लागि ४० वर्ष मुनिका युवाको सहभागिता प्रदेश कमिटीमा न्यूनतम प्रतिशत, जिल्लामा न्यूनतम १५ प्रतिशत, पालिकामा न्यूनतम २० प्रतिशत र वडा टोलहरूमा कम्तिमा एक तिहाई पुयाउने उल्लेख छ । जिल्ला नेतृत्वको चयन गर्दा पार्टी सदस्य संख्या र भूगोल (पालिकाको भौगोलि अवस्थिति) लाई समेत आधार बनाई कोटा दिन्यास गर्ने उनले निर्देशन दिएका छन् ।

जिल्ला अधिवेशनले ५ पदाधिकारी चुन्न पाउने व्यवस्था छ । यो प्रावधान कार्यान्द गर्दा कमसेकम एक महिला अनिवार्यरूपमा निर्वाचित गर्ने तथा जिल्ला तथा पालिका कमिटीको आन्तरिक लेखापरीक्षण गर्नका लागि जिल्ला तहमा जिल्ल अधिदेशनबाट र पालिका तहमा पालिका अधिदेशनबाट पार्टी नियमावलीको धारा २७ भएको व्यवस्थाबमोजिम ७ सदस्यीय लेखा कमिटीको निर्वाचन गर्नुपर्ने बताईएको छ । अध्यक्षा मण्डल र निर्वाचन कमिटीका कुनै पनि सदस्यले अधिवेशनको हललाई अनुचित प्रभाव पार्नेगरी कुनै गतिविधि गर्न नपाउने व्यवस्था एमोलले गरेको छ ।

जिल्ला अधिवेशनमा अब कुनैपनि प्यानल बनाउन नपाईने भएको छ । पदाधिकारी वा सदस्यहरूले व्यक्तिगत रूपमा उम्मेदवारी दिने । व्यक्तिगत रूपमै आफ्नो पक्षमा प्रचारप्रसार गर्नुपर्नेछ । जिल्ला अधिवेशनमा पार्टीको विधिविपरीत गतिविधि हुन थालेपछि हाइ कमाण्डबाटै मापदण्ड तोकेर कडाई गरेको हो ।



प्रतिक्रिया दिनुहोस्