काठमाडौं, ९ फागुन । नेपाली कांग्रेस झापा जिल्ला सभापति देउमान थेवेले गठबन्धनको कुरा महासमिति बैठकमा छलफल हुन आवश्यक नरहेको बताएका छन् । उनले गठबन्धनबारे छलफल ०८३ सालतिर गर्दा पनि हुने बताए ।
गठबन्धनबारे अहिले यतिधेरै हतार हुनु जरुरी नरहेको उनको भनाइ छ । गठबन्धनमा समस्या आएको खण्डमा इलाममा हुने उपनिर्वाचनमा असर पर्ने उनको भनाइ छ । नेता थेबेले गठबन्धन टुट्दा कांग्रेसले सातै प्रदेश र संघीय सरकारबाट पनि हात झिक्नुपर्ने भन्दै उनले अहिले गठबन्धनबारे नबोल्न आग्रह गरे ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले अर्को गठबन्धनको कुरा गरिरहेको भन्दै उनले गठबन्धनबारे महासमिति बैठकमा छलफल हुन आवश्यक नरहेको उनको भनाइ छ ।
‘गठबन्धनको कुरा ८३ तिर गर्दा भइहाल्छ नि ! ……गठबन्धन नहुँदा हाम्रो ओठमुख सुकेको थियो। सातै प्रदेश र संघ जाँदा के हुन्छ ? केपी ओलीले अर्को गठबन्धन गर्ने भनिसके,’– थेबेको भनाइ उदृत गर्दै स्रोतले भन्यो ।