Logo

बालकुमारी घटनाबारे जवाफ दिन सरकारलाई सभामुख घिमिरेको रुलिङ



काठमाडौं, १० फागुन । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले बालकुमारी घटनाबारे जवाफ दिन सरकारलाई रुलिङ गरेका छन् । आज (बिहीबार) को प्रतिनिधि सभामा प्रतिपक्षी दलहरुले सदन अवरुद्ध गरेपछि उनले सरकारलाई उक्त घटनाबारे जवाफ दिन रुलिङ गरेका हुन् ।

दुई जना युवाको ज्यानजाने गरी भएको बालकुमारी घटनाको छानविनका लागि सरकारले जाँचबुझ आयोग गठन गरेको थियो । जाँचबुझ आयोगले उक्त घटनाको जिम्मेवार भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला नै भएको निश्कर्ष निकालेको थियो ।

मन्त्री ज्वाला उक्त घटनाको मुख्य दोषी देखिँदा पनि सरकारले बर्खास्त नगरेको भन्दै नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रि प्रजातन्त्र पार्टीका सांसदहरुले सकारको विरोध गरेका थिए । संसद्मा मन्त्री ज्वालाको राजीनामाको विषयले व्यापकता पाएपछि उनले यस्तो रुलिङ गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्