Logo

‘किसानलाई दुःख दिने बाँदरको त बन्ध्याकरण गर्ने, अनुदान खाने बाँदरलाई चाहीँ के गर्ने ?’



काठमाडौं, १० फागुन । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य चन्द्रकान्त भण्डारीले वन जंगलमा खाने कुराको अभाव भएका कारण बाँदरहरु गाउँ परेर किसानलाई दुःख दिएको बताएका छन् । आज (बिहीबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले विदेशीहरुले २० वर्षअघि वनमा सल्लो लगाउने सल्लाह दिँदा वनमा खानेकुरा केही नपाएर बाँदरहरु बस्तीमा प्रवेश गरेको बताएका हुन् ।

बादर नियन्त्रणका लागि अहिले बाँदरको बन्ध्याकरणको कुरा उठिरहेको भन्दै उनले किसानले पाउने अनुदान खाने बाँदरलाई चाहीँ के गर्ने ? भनेर प्रश्न गरे । बाँदरको बन्ध्याकारण भन्दा पनि वनमा चिउरी लगायतका रुखहरु रोप्नु उपयुक्त हुने उनको धारणा थियो । वनमा सल्लो लगाइएको कारण भूमिसमेत सुख्खा बनेको उनको भनाइ छ ।

‘किसानहरुलाई बाँदरले दुःख दिइरहेको छ । मैले सुन्दैछ– बाँदरको बन्ध्याकरण गर्ने भन्ने । किसानले पाउने अनुदान खाने बाँदरलाई के गर्ने त ? किसानले सस्तो मूल्यमा दिएर चर्को मूल्यमा बजारमा लैजाने बाँदरलाई के गर्ने त ?’ उनले प्रश्न गरे ।



प्रतिक्रिया दिनुहोस्