Logo

वर्तमान सरकार ढाल्नु वाञ्छनीय भयोः एमाले नेता खतिवडा



काठमाडौं, १० फागुन । नेकपा (एमाले) कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडाले वर्तमान सरकार ढल्नु बाञ्छनीय रहेको बताएका छन् । हिजो (बुधबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सरकारले सुशासन र कानुनी राज्यको प्रत्याभूति दिलाउन नसकेको भन्दै सरकार ढाल्नु बाञ्छनीय रहेको बताएका हुन् ।

वर्तमान गठबन्धन सरकारले लोकतन्त्रलाई बलियो बनाउने काम गर्न नसक्दा प्राप्त उपलब्धिमाथि सडकबाटै औंला उठिरहेको उनको दाबी छ । एमालेले अहिले गठबन्धन सरकार टुटोस् भन्ने चाहेको समेत उनले खुलासा गरे ।

‘एमाले अहिलेको गठबन्धनको सरकार टुटोस् भन्ने हाम्रो चाहना छ । अहिले अंक गणित पुर्याउने सन्दर्भमा गठबन्धनसँग बहुमत देखिएको छ । त्यो गठबन्धनको बहुमत हामीले हेर्दाखेरी मुलुकलाई बर्वादै होस् भन्ने चाहनुहुन्छ भने गठबन्धन गरेरै जानुस् ।’ उनले भने, ‘यो गलत कामका विरुद्धमा हामी जनतासँग र सडकमा जान्छौं । गठबन्धन दलभित्र पनि लोकतन्त्र र परिवर्तनका प्रति र अहिले हामीले. प्राप्त गरेको उपलब्धीप्रति सडकबाट औंला ठडिइसक्यो । यो सरकार ढल्नु बाञ्छनीय छ, उपयुक्त छ, यो सरकार अब रहनु हुँदैन ।’



प्रतिक्रिया दिनुहोस्