Logo

बालेनलाई अमरेशको प्रश्न: बालुवाटार जानुभयो, छाया सेन्टर, बाँसबारी र बालमन्दिरको जग्गा फिर्ता गर्न कहिले जानुहुन्छ ?



काठमाडौं,१० फागुन । प्रतिनिधि सभाका स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले ललिता निवासको जग्गा सरकारका नाममा ल्याउने अदालतको आदेशपछि काठमाडौं महानगरले देखाएको चासोप्रति प्रशंसा गरेका छन् ।

आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सिंहले बालुटावारको जग्गा फिर्ता लिन गएजस्तै बाँसबारी छाला जुत्ता कारखाना, छाँया सेन्टर र बालमन्दिरको जग्गा फिर्ता लिन कहिले जानुहुन्छ ? भन्दै प्रशन गरेका छन् ।

उनले भने “म काठमाडौंका मेयरलाई प्रश्न गर्न चाहन्छु– अदालतले फिर्ता गरिदिएको बालुवाटारको जग्गा खाली गर्न त जानुभयो, छाया सेन्टर र बाँसबारी छालाजुत्ता उद्योगको जग्गा र बालमन्दिरको जग्गा फिर्ता गर्न कहिले जानुहुन्छ ?”

सांसद सिंहले बालुवाटारको जग्गा कार्यकारी निकायको सक्रियताले फिर्ता आएको नभई अदालतको तदारुकताले फिर्ता आएको जिकिर गरे । उनले भने, “बालुवाटारको जग्गा कार्यकारीको हिम्मतले फिर्ता भएको होइन, सम्मानित अदालतको फैसलाबाट फिर्ता भएको हो ।”



प्रतिक्रिया दिनुहोस्